दीपिका श्रेष्ठले मिस नेपालगन्ज २०१७ को उपाधि जितेकी छन्। नौ जना प्रतियोगीहरुलाई उछिन्दै उनी मिस नेपालगन्ज भएकी हुन्। नेपालगन्ज न्यूरोड निवासी दीपिकाले मिस ट्यालेन्टको उपाधिसमेत जितेकी छिन् । मिस नेपालगन्ज दीपिकालाई गोर्खा एयरलाइन्सले एयर होस्टेजको जागिर दिने भएको छ।
दिपिकालाई साहारा इन्टरनेशनल एयर होस्टेज एकेडेमीले निःशुल्क एयर होस्टेसको तालिमको समेत व्यवस्था गरिसकेको छ। यो उपाधि र अवसरसँगै उनले आयोजक एक्स जेनेरेशनको तर्फबाट १५ हजार रूपैया र यति सिमेन्टको तर्फबाट १० हजार रूपैया नगद पुरस्कार समेत पाएकी छिन्।
यसैगरी फस्ट रनरअपको उपाधि नर्सिङकी विद्यार्थी समीक्षा बोहराले हात पारिन्। फस्ट रनरअपसँगै उनी मिस फोटोजेनिक पनि घोषित भएकी छिन्। १० हजार नगदसँगै उनले म्यूजिक भिडियोमा समेत मोडलिङको अवसर पाउनेछिन्।
त्यस्तै सेकेन्ड रनरअप सिर्जना थपलिया भइन्। आयुष्मा शर्माले मिस डिसीप्लिनको उपाधि हात पारिन् भने सिर्जना सिंह ठकुरीले मिस क्याटवाकको उपाधि पाइन्।
त्यसैगरी कल्पना बोगटी मिस पर्सनालिटीको उपाधि जितेकी छिन भने कोरियो ग्राफर च्वाइसमा कोपिला पाण्डे परिन्।
मिस नेपालगन्ज चौथो संस्करणसम्म पुगेको र अझै परिस्कृत गर्दै लैजाने आयोजक एक्स जेनेरेशनका अध्यक्ष संयोजंग शाहले बताए।