बलिराम चौहान निर्देशित फिल्म 'द ब्ल्यू लाइट' को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देख्न सकिन्छ।
पृष्ठभूमिमा घर वा होटलजस्तो देखिन्छ। त्यसअघि फिल्मका पाँच मुख्य कलाकारहरू महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई प्रस्तुत गरिएको छ।
पोस्टरमा रहेका सबै पात्रमा नैराश्यता देखिन्छ। पाँचै जना पात्र निराश मुद्रामा छन्। फरक यति हो कि, महेशको हातमा बञ्चरो छ भने अरूको हात रित्तो छ।
पात्रहरू तनावमा देखिए पनि त्यसको कारणबारे पोस्टर मौन छ। त्यसैले यसलाई तनावमा मौनता साँधिरहेका फिल्मका पाँच मुख्य पात्र भन्न सकिन्छ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको 'द ब्ल्यू लाइट' पुस १० गतेदेखि प्रदर्शनमा आउँदैछ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानीको प्रमुख भूमिका छ। यस्तै, बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
'द ब्ल्यू लाइट' को सह-निर्मातामा रमन ग्रे छन्। छायांकन नरेन्द्र मैनालीले गरेका हुन्।