कात्तिक २१ गते एकसाथ रिलिज फिल्म 'जारी २' र 'मन बिनाको धन' दोस्रो सातामा प्रदर्शनरत छन्। यसैबीच, चलचित्र विकास बोर्डले दुवै फिल्मको ९ दिनसम्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ।
दयाहाङ राई र मिरूना मगर अभिनीत 'जारी २' ले दोस्रो शनिबारसम्ममा बोर्डको आधिकारिक बक्सअफिसमा झन्डै ५ करोड ग्रस कमाइ गरेको छ। फिल्मले प्रदर्शनको ९ दिनमा ४ करोड ९२ लाख २२ हजार ९ सय ७६ रूपैयाँ ग्रस कमाइ गरेको हो।
फिल्मको १ लाख ६२ हजार ३ सय ३३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
त्यस्तै, अशोक दर्जी अभिनीत 'मन बिनाको धन' ले दोस्रो शनिबारसम्म २ करोड ४३ लाख ३५ हजार ५ सय ८७ रूपैयाँ ग्रस कमाइ गरेको छ। यो फिल्मको ९० हजार ५ सय २६ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।