'पिताम्बर' निर्देशक कृषा चौलागाईंको निर्देशनमा फिल्म 'पारस' निर्माण हुने भएको छ।
बुधबार कृषाको जन्मदिन पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्ममा कथा पनि उनकै रहनेछ।
उनकै भाइ विशाल चौलागाईंको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्।
निर्माण पक्षले फिल्मको डिओपी पुरूषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ। यसअघि कृषा र पुरूषोत्तमले 'ऐंचो पैंचो' र 'पिताम्बर' मा सहकार्य गरेका थिए। उनीहरुको यो तेस्रो सहकार्य हो। निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो।
केपी फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट छायांकनमा जाने जनाइएको छ। फिल्म घोषणा गर्दै कृषाले 'पारस' एक्सनका साथै लभस्टोरी सिनेमा हुने बताइन्।
उनका अनुसार फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षबारे बिस्तारै जानकारी दिइने छ।