सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
सुवर्ण श्रेष्ठ (मेयर, शंखरापुर नगरपालिका):
हाम्रो नगरपालिकामा अहिले १७ जना मात्र संक्रिमत छन्। ६ जना निको भएर गएका छन्।
संक्रमित धेरैजसो बाहिरबाट आएका छन्। एक जना बाराबाट आएको व्यक्तिले ८ जनासम्मलाई सारेको कन्ट्रयाक्ट ट्रेसिङमा भेटियो। उसलाई हामीले कीर्तिपुरको आयुर्वेदिक अस्पताल पुर्याएका थियौं। तर भागेको भन्ने खबर आएको छ।
संक्रमितमध्ये १४ जना सामान्य छन्। हामीले स्वास्थ्कर्मीको टोली बनाएर दैनिक उनीहरूको अवस्थाको अपडेट लिने गरेका छौं।
हामीले तयारी राम्रै गरिराखेका छौं। सुस्मा मेमोरियल अस्पतालसँग मिलेर आइसोलेसनको व्यवस्था गर्दै छौं। त्यहाँ २० वटा बेड क्षमताको आइसोलेसन बन्दै छ। अस्पतालसँग भेन्टिलेटरको सुविधा र आइसियू भएकाले केही सहजता छ।
पिपल्स ल्याब केयरमा ८ वटा बेड छन्। २८ बेडको आइसोलेसन तयार छ। थप २५ वटा शंकरापुर अस्पतालमा बनाउने तयारी छौं। हामीले प्रदेश सरकार र केन्द्र सरकारलाई आवश्यक सामान दिन भनिरहेका छौं।
हामीले कोभिडको व्यवस्थापनमा डेढ करोड बजेट छुट्याएका छौं। संक्रमण कतिसम्म पुग्छ भन्न सक्ने अवस्था छैन। केन्द्र सरकारले कन्ट्याक ट्रेसिङ गरेर स्वाब पठाउँदा नतिजा छिटो पठाउनुपर्ने हो। तर त्यसो गर्न सकेको छैन। एकैपटक स्वाब पठाउँदा पनि नतिजा कुर्नुपर्ने भएकाले पटक-पटक सोधखोज गरिराख्नु परेको छ। हामी आफैंले भिटिएम किनेर स्वाब संकलन गरिराखेका छौं।
राहतबारे अहिले सोचेका छैनौं। यसअघि काम दिएर राहत वितरण गरेका थियौं। यसपटक निषेधाज्ञा बढ्दै गए फेरि पनि राहत वितरण गर्नुपर्ने हुन्छ। सरकारलाई मेरो एउटै आग्रह छ– पिसिआरको रिजल्ट समयमा आउनुपर्यो।
यी पनि हेर्नुहोस्: