सम्पादकीय नोट: काठमाडौं उपत्यका कोरोनाको नयाँ 'हटस्पट' हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं, भक्तपुर र ललितपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्याउने पूर्वाधार र जनशक्तिको तयारी के छ? हामीले यी प्रश्न काठमाडौं उपत्यकाभित्रका १८ महानगर/नगरपालिकाका मेयर/उपमेयरलाई सोधेका छौं।
तपाईंको नगरपालिका कुन हो? आफ्नो नगरभित्र के हुँदैछ? तयारी के छ? यसबारे आफ्ना मेयर/उपमेयरलाई सुन्नुस् है:
...
सुशीला अधिकारी (उपमेयर, नागार्जुन नगरपालिका):
हाम्रो नगरपालिकामा ५४ जना संक्रमित छन्। निको भइसकेका ९ जना छन्।
यी सबै यहाँका स्थायी बासिन्दा हुन्। बाहिरबाट आएका छैनन्। समुदाय स्तरमा संक्रमण फैलिएरै ५४ जना भएको हो। दिनदिनै परीक्षण छैन। दुई-चार दिन बिराएर सम्भावित मान्छेलाई परीक्षण गरिरहेका छौं।
संक्रमितहरूको स्वास्थ्य सामान्य छ। उपचार विभिन्न ठाउँमा भइरहेको छ। कोही होम आइसोलेसनमा बसेका छन्। कोहीलाई दुवाकोट, पाटन, बलम्बु लगिएको छ।
हामी यहाँ ५० देखि ७० बेडको आइसोलेसन बनाउँदै छौं। भेन्टिलेटर, आइसियु भने केही पनि छैन। स्वास्थ्य जटिल नरहेकाले भेन्टिलेटर र आइसियू अहिलेसम्म चाहिएको छैन। माग भएर पनि भेन्टिलेटर पाइएको छैन।
हामीले होम आइसोलेसनमा बसेकालाई १४ दिनभित्र स्वाब टेस्ट गर्ने तयारीमा छौं। हाम्रा स्वास्थ्यकर्मीले अनलाइनमार्फत् प्रत्येक दिन सोधिरहनुभएको छ। जनप्रतिनिधि पनि जानुहुन्छ।
जनचेतनामूलक तरिकाले माइकिङ गर्ने लगायत काम भइरहेको छ। वडा वडामा ब्यानर राखेका छौं।
निम्न वर्गका लागि हामीले हेरेका छैनौं। यो माथिबाटै होला। हामीसँग समस्या भए पनि राज्यले अहिले सबैथोक दिइहाल्न सक्ने अवस्था छैन।
यी पनि हेर्नुहोस्: