अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना नमुना नेपाल निर्माणमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
राजधानीमा सोमवार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले उक्त परियोजना निर्माणलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
नेपाललाई विश्व सामु चिनाउन धुर्मुस सुन्तली फाउण्डेसनले सुरु गरेको परियोजनालाई सफल बनाउने अभियान अन्र्तगत आफुले उक्त रकम सहयोग गर्न लागेको अध्यक्ष थापाले बताए। उक्त रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताए।
कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिँदै नमुना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठूलो सहयोग पुग्ने बताए।