गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा कार्यालयसँगै जग्गाको अभिलेख रहेको ढड्डा पनि जले पछि श्रेस्ता कायम गर्न कलंकी मालपोतले ११ थरी काजग ल्याउन भनेको छ। आन्दोलनपछि मालपोतसम्बन्धी सेवा बन्द रहेको कार्यालयले बताएको छ।
मालपोत कार्यालय कलंकीमा श्रेस्ता कायम गर्ने प्रक्रिया र आवश्यक कागजात तथा प्रमाणहरु ।
‘गत भदौ २३ र २४ गते (जेन जी) ले गरेको आन्दोलनको क्रममा यस कार्यालयमा तोडफोड तथा आगजनी भइ भौतिक संरचना लगाएत कार्यालयमा रहेको अभिलेखहरू जलेर नष्ट भएको हुँदा दैनिक सेवा प्रवाह बन्द रहेकोले सेवा प्रवाह पुनः सञ्चालन गर्न नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका २०६१ को दफा २१ अनुसार देहायको कागज प्रमाण सहित निवेदन पेश गर्नु पर्नेछ,’ कार्यालयले सूचना जारी गर्दै भनेको छ।
श्रेस्ता कायम गर्न जग्गाधनीले जुटाउनुपर्ने कागजात।
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) जग्गा रहेको स्थानिय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धीत जग्गाधनी यकिन गर्न स्थायी ठेगाना भएको स्थानिय तहको तीन पुस्ते फोटो टाँस सहितको सिफारिस।
३) जग्गाधनी संग भएको सक्कल पुर्जा।
४) जग्गा प्राप्तीको श्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणीत प्रति।
५) प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा।
६) चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद।
७) जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति।
८) आवश्यकता अनुसार स्थलगत सर्जमिन।
९) आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना।
१०) गुठी जग्गाको हकमा गुठी संस्थानको सहमती पत्र।
ट) अन्य प्रमाणहरू।