नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ।
अदुवावाली अनुसन्धान कार्यक्रमका डा.जनार्दन गौतमले चालु आर्थिक वर्षमा बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लगाइएको बताए।
‘मैले पत्ता लगाएर अनुसन्धान गरि पठाएको बेसारको नयाँ जात कपुरकोट हलेदो २ राजपत्रमा समेत प्रकाशित भइसकेको छ’ किट बिज्ञ डा.गौतमले भने।
उनले कपुरकोट हलेदो ‘१’ राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानमा २०७१/०७२ मा सिफारिस भएपछि त्यसयताको लामो मेहनतले यसवर्ष कपुरकोट हलेदो ‘२’ पत्ता लगाउन सफल भएको जानकारी दिए।
‘धेरै वर्षदेखि मेहनत र जातीय छनोट गर्दै नयाँ जात सिफारिस गरिएको हो’ डा.गौतमले भने। बेसारको नयाँ जात पत्ता लागे संगै अव नेपालमा दुई जातको अदुवा प्रमाणिकरण भएको छ।
‘कपुरकोट हलेदो २’ का पहिचान र विशेषता:-जातीय पृष्ठभुमीः सिआइ ०२०९जातीय पहिचानः सिआइ ०२०९जातीय श्रोतः कन्चनपुरउत्पत्तिः नेपालबनस्पतिको स्वरुप बोटको उचाईः ४२.८ से.मीपातको आकारः अण्डाकारपात संख्यावोटः ६.८पातको लम्वाईः ४३.० से.मीपातको चौडाईः १७.० से.मीगानोः पिडालु आकारधुलोः फिक्का पहेलोजातीय विशेषतावाली तयार हुने समयः मध्यम (२४५–२६० दिन)डाँठको संख्याः २.६६ प्रति बोटगानोको तौलः ४००–५५० ग्राम प्रति गानोसरदर उत्पादनः ३४.०५ मेट्रिक टनप्रति हेक्टरउत्पादन क्षमताः २५–५५ मेट्रिक टनप्रति हेक्टरप्रशोधन विशेषताःबेसार धुलो बन्ने क्षमताः १६ प्रतिशत ताजा तौलमा र ९४ प्रतिशत सुकेको तौल आधारमाकुरक्युमिनको मात्राः २.५९५बास्नादार तेलको मात्राः ३.७५५बिशेष गुणहरुः तुलनात्मक रुपमा राम्रो उत्पादन भएको बेसार धुलो बन्ने क्षमता धेरै भएको व्यसायिक कृषकहरुले प्राथमिकता दिएको/बढी रुचाइएकोसिफारिस गरिने भौगोलिक क्षेत्रनेपालको तराई र मध्य पहाडी भेगको समुन्द्री सतह देखि १६०० मीटर उचाइ सम्मअदुवाको पनि नयाँ जात ‘कपुरकोट अदुवा २’राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यान नेपालको एक मात्रै अदुवालवालीको अनुसन्धान गर्ने कार्यालय हो। गत बर्ष मात्रै डा.गौतम नेतृत्वको टोलीले अदुवाको नयाँ जात ‘कपुरकोट अदुवा २’ पत्ता लगाएको थियो।
‘
कपुरकोट अदुवा २’ पृष्ठभुमीजिन्जेबिरेसी परीवार अन्तर्गत पर्ने प्रस्तावित अदुवाको जात साविक जिरमाले गा.वि.स, इलामबाट लिई राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रममा ‘जेडआइ ०२०९’ को रुपमा छनोट गरि नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका विभिन्न अनुसन्धान केन्द्रहरुमा र कृषकको बारीमा परिक्षण गर्दा उपयूक्त ठहरिएकाले उन्मोचनको लागि सिफारिस गरिएको छ।
जातीय पृष्ठभुमिः जेडआइ ०२०९जातीय पहिचान एमजेडआइ ०२०९जातीय श्रोतः इलाम, जिरमाले गा.वि.स उत्पत्तिः नेपालबानस्पतिक स्वरुपबोटको उचाईः ६२.६२ से.मीपातको आकारः साघुरो लामोपात संख्या÷सराः १८पातको लम्वाईः २५ से.मीपातको चौडाईः २.५ से.मीपातको अवस्थिति. बिपरितगानोः पञ्जाकारगानोको रङः खैरोपानाको लम्वाईः १८.२ से.मीपानाको ब्यासः ३.१ से.मीजातीय बिशेषतावाली तयार हुने समयः मध्यम (२४०–२६० दिन)सराको संख्याः ९.२० प्रति बोटपानाको संख्याः सरदर २–३ प्रति गानोगानोको तौलः ३५०–५०० ग्राम प्रति गानोसरदर उत्पादनः ३२.७५ मेट्रिक टन प्रति हेक्टरउत्पादन क्षमताः ४०.२ मेट्रिक टन प्रति हेक्टरप्रशोधन विशेषताःसुठो बन्ने क्षमताः १४.२ – २०.९ प्रतिशत ताजा तौल आधार वास्नायुक्त तेलको मात्राः २.५५ओलियोरेजिनको मात्राः ७.०५५रेशाको मात्राः ४.८५विशेष गुणहरुगानो कुहिने रोग सहन सक्ने तुलनात्मक रुपमा राम्रो र स्थिर उत्पादन भएको सुठो बन्ने क्षमता धेरै भएको बास्नायुक्त तेल र ओलियोरेजिन वढि भएको कृषकले प्राथमिकता दिएको/वढी रुचाएकोसिफारिस गरिने भौगोलिक क्षेत्रनेपालको मध्य पहाडी भेगसिफारिस खेती प्रविधिअदुवावालीमा राम्रो उत्पादन लिनको लागि उपयुक्त जग्गाको छनोट देखि उत्पादनलाई बजार पुर्याउँदा सम्म उपयूक्त प्रविधिहरु अपनाउन आवश्यक पर्दछ। अदुवावाली अनुसन्धान कार्यक्रम, कपुरकोटद्वारा हालसालै उन्मोचन गर्न लागिएको जात ‘जेडआइ ८५०२’ को व्यवसायीक उत्पादन गर्न माटोमा ख्याल गर्न सिफारिस गरिएको छ।
माटोपानी निकासको राम्रो व्यवस्था भएको, प्रशस्त प्राङ्गारिक मलयुक्त हलुका दुमट माटो उपयुक्त भएता पनि उर्वरशक्ति बढि भएको खण्डमा बलौटे दोमट देखि लिएर चिम्टाइलो माटोमा पनि राम्रो उत्पादन गर्न सकिन्छ। माटोको पि.एच. ५.५ – ६.५ उपयुक्त मानिन्छ।