बजारमा गाजरको सिजन सुरू भएको छ।
व्यवसायीका अनुसार कात्तिक अन्तिम सातादेखि माघ अन्तिम सातासम्म गाजरको सिजन हो। फागुन देखि भने गाजरको मूल्य बढ्न थाल्छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा गाजर लोकल र तराई गरी दुई प्रकारको आउँछ।
बिहीबार कालिमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य एक सय २० देखि ४० र तराई गाजर ९० देखि एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
अहिले उपभोक्ताले भने गाजर किलोको एक सय ८० रूपैयाँसम्म तिरिरहेका छन्।
भर्खरै सिजन सुरू भएकाले मूल्य महँगिएको हो। आपूर्ति बढेसँगै विस्तारै गाजरको मूल्य घट्दै जानेछ।