भारतीय अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म 'मम' को सिक्वेल बन्ने भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्ममा श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूर देखिनेछिन्। यस कुराको जानकारी निर्माता बोनी कपूरले नै दिएका हुन्।
उनले आफ्नी दुई छोरीको तारिफ गर्दै भने, 'मेरा दुई छोरी आफ्नी आमाको जस्तै सफल हुनेछन्। मैले खुशीको आर्चीजदेखि लवयापा र नादानियाँ सबै फिल्म हेरेको छु। म नो इन्ट्रीपछि खुशीसँग फिल्म बनाउने योजनामा छु। यो फिल्म मम २ हुन सक्छ। खुशी आफ्नी आमाको बाटो पछ्याउँदैछिन्।'
श्रीदेवीको अन्तिम फिल्म 'मम' सन् २०१७ मा रिलिज भएको थियो। यस फिल्मलाई बोनी कपूरले निर्माण गरेका थिए। यस फिल्मबाट श्रीदेवी मर्णोपरान्त उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन्।