भारतीय अभिनेता रणवीर सिंहको आगामी फिल्म 'धुरन्धर' को ट्रेलर सार्वजनिक भएको छ।
आदित्य धरको निर्देशन तथा निर्माणमा बनेको यो एक्सन–थ्रिलर फिल्ममा रणवीर एक भारतीय जासूसको भूमिकामा छन्। चार मिनेटभन्दा लामो ट्रेलरमा एक्सन दृश्य, गोली हानाहान र रक्तपातपूर्ण दृश्यहरू देखाइएको छ।
यो फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ।
रणवीर यो फिल्ममा ‘एंग्री योङ म्यान’ अवतारमा छन्। ट्रेलर लन्च कार्यक्रम मुम्बईमा आयोजना गरिएको थियो।
'धुरन्धर' डिसेम्बर ५ मा रिलिज हुँदैछ।