बलिउड अभिनेता आमिर खान पछिल्लो ३७ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय छन्।
उनले आफ्नो करियरमा 'गजिनी, ३ इडियट्स, पीके' जस्ता ब्लकबस्टर फिल्म दिएका छन्। तर उनी २० वर्षदेखि पारिश्रमिक नतोकी फिल्म खेलिरहेका छन्।
उनले एक अन्तर्वार्तामा आफूले निश्चित पारिश्रमिक नलिने बताएका हुन्। 'यदि फिल्म हिट भयो भने म कमाइ गर्छु। फ्लप भयो भने म कमाउँदिनँ। म सबभन्दा पुरानो कमाइको तरिका फलो गर्छु। जसमा मैले पूरै स्वतन्त्रता पाउँछु र नयाँ अनुभव गर्न सक्छु,' उनले भने।
फिल्म फ्लप भयो भने निर्मातालाई कुनै दबाब नपरोस् भने उनले यो तरिका अपनाएका हुन्।
आमिर खानको पछिल्लो फिल्म 'लाल सिंह चड्ढा' र 'ठग्स अफ हिन्दोस्तान' बक्स अफिसमा फ्लप भएको थियो। यी फिल्मबाट आमिरको खासै कमाइ भएन।