बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म 'भूल भुलैया ३' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
दिवालीको अवसर पारेर रिलिज भएको फिल्म 'सिंघम अगेन' लाई पछि पार्दै 'भूल भुलैया ३' अगाडि बढिरहेको छ। १५० करोड भारूमा बनेको फिल्मले १२ दिनमा ५८ करोड २५ लाख भारू मुनाफा कमाइ सकेको छ।
फिल्म रिलिज भएको ७ दिनसम्म 'सिंघम अगेन' अगाडि थियो। तर बिस्तारै फिल्मको कमाइ घटिरहेको छ। सोमबार 'भूल भुलैया ३' ले ५ करोड भारू कमाएको थियो भने 'सिंघम अगेन' ले ४ करोड २५ लाख भारू कमाएको थियो।
भारतीय सञ्चारमाध्य नवभारत टाइम्सका अनुसार १२ दिनमा 'भूल भुलैया ३' ले २०८ करोड २५ लाख भारू कमाएको छ भने 'सिंघम अगेन' ले २१४ करोड ५० लाख भारू कमाएको छ।
रोहित शेट्टी निर्देशित फिल्म 'सिंघम अगेन' मा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूर, टाइगर श्राफलगायत कलाकारको अभिनय छ।
अनीस बज्मी निर्देशित फिल्म 'भूल भुलैया ३' मा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ।