सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेको छ। खेलमा लागि काठमाडौंमा दुई परिवर्तन गरिएको सनी पटेलले खेल्दैछन्।
उनले इरामसको स्थानमा खेल्न लागेका हुन्। पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो। सुदूरपश्चिमले भने पहिलो खेल खेल्न लागेको हो।
काठमान्डु गोर्खाज
करण केसी (कप्तान),शाहब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेइलिन, जोन ब्राउन, हर्मित सिंह।

