सरकारी कारोबारमा संलग्न रहेको सबै बैंकहरु आगामी शनिबार पनि संचालनमा आउने भएका छन्। राजश्व दाखिला गर्नका लागि असार मसान्त शनिबार परेकाले सो दिन पनि कार्य सूचारु गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको हो।
सरकारी कारोबार गर्ने बैंकहरु सो दिन ४ बजेसम्म खुल्ने भएका छन्। चालु आर्थिक वर्षको हिसाव मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आइपिएस मार्फत भुक्तानी गर्ने व्यवस्था गर्न बैंकहरुले राष्ट्र बैंकले भनेको छ।