सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २५५० विन्दुमा आएको छ।
यसदिन कारोबार रकम सामान्य बढेको छ।
आइतबार तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
कारोबारमा आएकामध्ये निर्जीवन बीमा र अन्य समूहगत परिसूचकबाहेक सबै समूह बढेका छन्। निर्जीवन बीमा र अन्य समूहमा ०.५ प्रतिशतभन्दा कमले गिरावट आएको हो।
यसदिन तीन सय ३५ लगानी उपकरण कारोबारमा आउँदा दुई सय १० वटाको मूल्य बढेको छ। ९७ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
हालै सूचीकरण भएका सागर डिष्टिलरी, बुंगल हाइड्रो, बन्दिपुर केवलकार, झापा इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
आजैबाट कारोबारमा आएको झापा इनर्जीको मूल्य ९.९९ प्रतिशतसम्म बढेको छ। २९३ रूपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको मूल्य ३४२ रूपैयाँसम्म पुगेको हो।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले घटेर सक्रिट ब्रेक लागेको छ। कम्पनीको सेयर पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
साहस उर्जाको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको १८ करोड रूपैयाँको सेयर किनबेच भएको हो।