सिद्धार्थ बैंकले लाभांस पारित गरेको छ। बैंकको २४ औं वार्षिक साधारणसभा नगत लाभांश पारित गरेको हो।
सभाले बैंकको वित्तीय स्थिरता र लगानीकर्ता प्रतिबद्धता झल्काउने महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
बैंकले चुक्ता पूँजीको पाँच प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ५.५३ प्रशित नगद लाभांश पारित गरेको छ।
लगातार लाभांश वितरण र स्थिर वित्तीय सूचकांकसहित सिद्धार्थ बैंकले बजारमा आफ्नो विश्वसनीयता बलियो बनाउँदै लगानीकर्तालाई सकारात्मक सन्देश दिएको कारोबार विश्लेषकहरूको बुझाइ छ।