एनआइसी एसिया बैंकले बचत खातामै वार्षिक ९ प्रतिशत व्याजदर दिन थालेको छ। शून्य मौज्दातमै खाता खोलेर उच्च व्याज दिने वाणिज्य बैंकमा एनआइसी एसिया सवैभन्दा अगाडि देखिएको छ।
वार्षिक ८ प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको समुन्नती बचत खाताको दर ९ प्रतिशत पुर्याइएको बैंकले स्पष्ट पारेको छ। बैंकले बैशाख महिनादेखि “समुन्नती बचत खाता” को नामबाट नयाँ बचत खाताको शुरुवात गरेको थियो।
“बैंक पनि साथी पनि” को मुलमन्त्रलाई अझ सुदृढ गर्दै उक्त बचत खातामा तत्काल लागू हुने गरी सो बचत खातामा अन्य विशेषताहरु यथावत रहने गरी वार्षिक ९ प्रतिशत व्याजदर दिइएको एनआइसी एसियाले जनाएको छ। यो खातामा निशुल्क डेबिट तथा क्रेडिट कार्ड, निशुल्क एसएमएस तथा इन्टरनेट बैंकिङ तथा दैनिक ५ लाखसम्म निशुल्क एबिबिएसको सुविधा समेत रहेको बैंकले जनाएको छ।
पुँजी, वासलात र शाखाको आधारमा वाणिज्य बैंकहरु मध्येको अग्रणी स्थानमा रहेको एनआइसी एसिया बैंकले सबै वर्ग, उमेर समुह, पेशा तथा लिङ्गलाई समावेश गरी आफ्ना विभिन्न बंैकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ।