नेपाली कांग्रेसले जितको दाबी गरेको झापाको सताक्षीधाम र विर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ। यो जितले एमालेले आफ्नो गढलाई कायमै राखेको छ।
झापाको किसान आन्दोलनदेखिनै एमालेले आफ्नो गढको रुपमा सूचिकृत गरेको जिल्लाको शिवसताक्षी नगरमा फराकिलो मत अन्तरले नेपाली काँग्रेसका पर्शुराम ढुँगानालाई हराउदै एमालेका चन्द्र कुमार शेर्मा विजयी भए। शेर्माले १३४३९ मत प्राप्त गरेका थिए भने ढुंगानाले ८९८४ मत पाएका थिए । ढुँगानाको भन्दा शेर्माले ४४५५ मत बढी पाएका थिए ।
यस्तै शिवसताक्षीको उपमेयर पदमा एमालेकी भोजकुमारी नेपालले नेपाली काँग्रेसकी जयकुमारी चेम्जोङ्गलाई ५१११ मतले पछि पादै उपप्रमुखको पदमा जित हात पारेकी छन्। नेपालले १३४७२ मत पाएकी थिईन् भने चेम्जोङ्गले ८३६१ मत पाएकी थिईन्।
नेपालले शिवसताक्षी नगरका ११ वटै वडामा नेपाली काँग्रेसकी चेम्जोङ्गलाई लिड गरेकि थिईन भने शेर्माले वडा नम्बर ४ बाहेकका अन्य १० वटा वडामा नेपाली काँग्रेसका ढुँगानालाई लिड गरेका थिए।
शिवसताक्षी नगरमा माओवादी केन्द्रका महेन्द्र भट्टराईले मेयर पदमा ३२४१ मत पाएका थिए भने उपमेयर पदकी उम्मेद्धार कचाली ताजपुरियाले ३८०९ मत पाएकी थिईन्। राप्रपाका उमानाथ दाहालले मेयर पदमा ७६५ मत पाएका थिए भने राप्रपाकै उपमेयर उम्मेद्धार विष्णु कुमारी चौलागाई लुईटेलले ८२२ मत पाएकी थिईन्।
यता लिम्वुवान र जनमुक्तिपार्टीका साझा मेयर पदका उम्मेद्धार मेनुका ताम्लीङ्गले ६९४ मत पाएकी थिईन भने उपमेयर पदका उम्मेद्धार सन्त फेवदिनले १८२५ मत पाएका थिए । स्वतन्त्र तर्फबाट मेयर पदका उम्मेद्धार विजय सावाले १११९ मत पाएका थिए।
शिवसताक्षी नगरको वडा नम्बर १, २, ३, ५, ७, ८, ९, १० र ११ नम्बर वडामा प्यानलनै जितेको छ । वडा नम्वर १ मा सुवास राई , २ मा कुलवहादुर वस्नेत, ३ मा पुन्य सापकोटा ५ मा सत्यनारायण राजवंसी ७ मा नविन ईजम ८ मा केहरसिङ्ग बस्नेत, ९ नम्वर वडामा छविलाल पाठक, १० नम्बर वडामा कर्णवहादुर थापा र ११ नम्बर वडामा भैरवकुमार श्रेष्ठ को प्यानलनै विजयी भएको छ । यस्तै वडा नम्बर ४ मा एमालेले १ खुल्ला सदस्य जितेको छ भने वडा नम्वर ६ मा २ सदस्य जितेको छ ।
यता नेपाली कांग्रेसले नगरको ४ नम्बर वडामा अधिकतन ताजपुरीया सहित ३ जना सदस्य जितेको छ भने वडा नम्बर ६ मा मनोज खुलाल वडा अध्यक्ष सहित १ जना सदस्य जितेको छ । नेपाली काँग्रेसले दावि गरेको वडा नम्बर २, ५, ८, ९ , १० र ११ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ यी वडा शिवसताक्षीको साविकका धरमपुर, शिवगञ्ज र सतासीधाम हुन । ०४६ पछि एमालेको वर्चस्व रहेको यी वडामा एमाले पुनः विजयी भएको हो ।
शिवसाक्षी र विर्तामोड सँगै एमालेले चार नगरपालिका र एक गाउँपालिकामा जितिसकेको छ । एमालेले बिर्तामोड, कनकाई, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा जित हात पारेको छ भने विहीबार राति अबेरसम्म मा अर्जुनधारा र दमक नगरपालिका अग्रता लिएको छ । झापाको हल्दिबारी, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा राप्रपा र गौरादह नगरपालिका, झापा र बाह्रदशी गाउँपालिकामा कांग्रेसले जितिसकेको छ । जिल्लाको १५ स्थानीय तहमध्ये अब मेचीनगर, दमक, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।
यसैबीच विर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ध्रुव शिवाकोटी निर्वाचित भएका छन । उनले ९ हजार १ सय १० मत प्राप्त गरेर विजयी घोषीत भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार जलकुमार गुरुङले ८ हजार २ सय १७ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपप्रमुखमा पनि नेकपा एमालेकै पवित्रा महतारा प्रसाईं १० हजार ४ सय ३७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पार्वता गिरीले ९ हजार ११ मत ल्याएकी छन्।
यता राप्रपाका मेयर पदका उम्मेद्वार भक्ति सिटौलाले ६ हजार १ सय ७० मत प्राप्त गरेका छन्। राप्रपाबाट उपप्रमुखको उम्मेद्वार बनेकी लीला अनमोलले ३ हजार ८ सय ७६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेद्वार सीपी कँडरियाले ३ हजार ७ सय ९७ मत ल्याए भने उपप्रमुखका उम्मेद्वार लक्ष्मी न्यौपानेले ३ हजार ४ सय ४४ मत प्राप्त गरेकी छन ।