बाँकेको नेपालगन्ज उपमहानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार धवलशमशेर राणाले सुरुवाती अग्रता कायम राखेका छन्। १४ वडाको २८६७८ मत गणना हुँदा राणाले ८०१५ मत पाएका छन्।
उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका सुरेशकुमार कनौडियाले ४६२२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका समुसिद्धिन सिद्धिकीले ४१४८ मत पाएका छन्। १४ वडामध्ये एमाले र कांग्रेसले ४/४, राप्रपा र माओवादीले ३/३ र संघीय समाजवादी फोरमले १ वडामा जितेका छन्।
नेपालगन्जमा कुल ४८६७८ मत खसेको थियो।