झापामा एक पछि अर्को गर्दे विर्तामोड केन्द्रित बम भेटिन थालेको छ। विर्तामोड ६ स्थित देवी मावि मतदान केन्द्र नजिक र माओवादी केन्द्रकी उपमेयर लक्ष्मी न्यौपानेको घर नजिकै बम डिस्पोज गरेको ४ घन्टा बित्न नपाउदै कन्काई नगरको ७ नम्वर वडा स्थित विरिङ पुलमै पुनः बम फेला परेको हो।
विरिङ पुलमा संकास्पद वस्तु देखिएपछि पूर्व-पश्चिम राजमार्गको लक्ष्मीपुर-दुर्गापुर सडक खण्डमा सुरक्षाको कारण यातायातका साधनलाई आवत जावतमा स्थानीय प्रसासनले रोक लगाएको छ। सो क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरीले सुरक्षा दिएका छन् भने नेपाली सेनाको वम डिस्पोजल टोलीले उक्त संकास्पद बस्तु निकृय गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
लगातार झापाका विभिन्न स्थानमा फेला परेका संकास्पद बस्तुले सर्वसाधारणमा आतंक फेलिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्लाका तीन अलग अलग स्थानमा भेटिएका बस्तु कस्ले र कुन स्वार्थका लागि राख्यो भन्ने बारेमा प्रहरीले अनविज्ञता जनायो। तर, सर्वसाधरणले भने स्थानिय निर्वाचन विथोल्नका लागि निर्वाचन विरोधि तत्वले बम राखेको हुन सक्ने अनुमान गरेका छन्। यद्धपी झापामा राखिएका बमको कसैले जिम्मा लिएको छैनन्।