प्रमुख प्रतिपक्ष एमालेका सचिव प्रदीप ज्ञवालीलेसत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले देशव्यापी चुनावी गठबन्धन गरेर मैदानमा उत्रिँदा समेत एमालेलाई हराउन नसकेको बताएका छन्। एमालेको राप्ती सोनारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सचिव ज्ञवालीले रोक्न सरकारमा रहेका संसदको सबैभन्दा ठूलो दल काग्रेस र तेस्रो दल माओवादी केन्द्रले गठबन्धन गरेर एमालेका विरुद्ध उभिएको बताए।
‘संसारमा कहीँ पनि विपक्षी दलविरुद्ध सरकारमा रहेका सबैभन्दा ठूलो दल चुनावी मैदानमा उत्रिएको पाइदँैन तर नेपालमा संसदको सबैभन्दा ठूलो र तेस्रो दल एमालेका विरुद्ध गठबन्धन गर्दा पनि विपक्षी दल एमालेलाई हराउन सकेनन्,’ ज्ञवालीले भने।
गठबन्धन गर्दा पनि एमालेलाई हराउन नसकेपछि काग्रेस र माओवादीको सरकारले चुनावका बेला अर्बौंको बजेट रकमान्तर गरेर चुनावलाई प्रभावित गरेको, बुथ कब्जादेखि एमालेका कार्यकर्तामाथि आक्रमण गरेको उनको आरोप छ।
चुनावलाई प्रभावित पार्न चुनावकै मुखमा निर्वाचन आयोगको सचिवलाई समेत सरुवा गरेको बताउँदै सचिव ज्ञवालीले सत्तारुढ दलको गठबन्धन र एमालेका विरुद्ध चारैतिरबाट घेराबन्दी गर्दा समेत एमालेको लोकप्रियतालाई रोक्न नसकेको दाबी गर्दै दोस्रो चरणमा पहिलो चरणमा भन्दा बढी स्थान जित्ने दाबी गरे।