पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले हासिल गरेको मत परिणामबाट डराएर सत्ता साझेदार दलले २ नम्बर प्रदेशमा निर्वाचनको मिति पर सारेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
झापाको सुरूङ्गामा नेकपा एमाले कनकाई नगर समितिले सोमवार साँझ आयोजना गरेको चुनावी प्रतिबद्धता पत्रको घोषणा सभामा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले नेता ओलीले सत्तापक्षले पहिलो चरणमा लज्जास्पद हार व्यहोरेको कारण २ नम्बर प्रदेशको निर्वाचनको मिति सारेको बताए । ओलीले भने, ‘सत्ता साझेदार दल एमालेले मत परिणामसँग डराएको छ ।’ सरकार २ नम्बर प्रदेशमा निर्वाचन गराउने पक्षमा नभएको समेत उनको आरोप थियो।
पहिलो चरणमा पहिलो भएको एमाले दोस्रो र तेस्रो चरणको निर्वाचनमा पनि पहिलो हुने ओलीको दाबी छ । सरकारले २ नम्बर प्रदेशको निर्वाचनको मिति सारेर नराम्रो कामको शुरूआत गरेको ओलीको भनाई थियो । उनले भने, ‘२ नम्बर प्रदेशको निर्वाचनमा पनि एमाले, १ नम्बरमा हुने उनले ठोकुवा गरे । अन्य दलले मधेशमा एमाले वढारिने भनेर दिएको प्रतिकृया दोस्रो र तेस्रो चरणको निर्वाचनको परिणामले देखाउने उनले बताए।