गृह मन्त्री जनार्दन शर्माले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा ब्यवस्था मिलाइएको बताएका छन्। गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानप्रति असन्टुष्ट दलका प्रतिनिधिले समेत स्बतन्त्र रुपमा उम्मेदवारी दिएर निर्बाचनमा सहभागी भएकाले संविधानप्रतिको असन्तुष्टीमा बदलिदै गएको बताए।
असोज २ गते हुने तेस्रो चरणको निर्वाचनसम्म संविधानमा रहेको असन्तुष्टीलाईसमेत समाधन गरिने गृह मन्त्री शर्माले बताए।
द्वन्द्वको समाधान गर्दै मुलुकलाई सम्बृद्धिको दिशा अगाडि बढाउनु पर्ने बताउँदै मन्त्री शर्माले स्थानीय तहको निर्वाचनपछि विकास निर्माणका कामले गति लिने र भ्रष्ट्राचारको अन्त्य हुने बताए।
सुरक्षा सम्मेलनमा गृह सचिव लोक दर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी बलका महानिरीक्षक सिंह बहादुर क्षेत्र, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीका सहभागी थिए।
सम्मेलनमा ५ नम्बर प्रदेश अन्तर्गत पर्ने प्युठान, दाङ, रोल्पा , रुकुम, बाँके र बर्दिया गरी ६ वटा जिल्लाका सुरक्षा अधिकारीहरुको जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी शसस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहेको छ ।