बाँकेको बैजनाथमा गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ । एमालेले मनोनयन दर्ता गरेर फर्किए पछि आयोजना गरेको सभा नजिकै माओवादी केन्द्रका कार्यकर्ताले चर्को स्वरमा माइक बजाएर अवरोध पुर्याएपछि एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप र ढुंगा हानाहान भएको थियो।
झडपमा २ जना प्रहरी र ५ जना एमालेका कार्यकर्ता घाईते भएका छन्। झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको थियो।
झडपलाई नियन्त्रण गर्न नेपाली सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।