तीन नम्बर प्रदेशका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूको अभिमुखिकरण कार्यक्रम धुलिखेलमा जारी छ।
कार्यक्रमको दोस्रो दिन आज पूर्वाधार विकासका मापदण्ड, स्थानीय तहमा विधि निर्माणका तथा कार्यपालिका र न्यायिक कार्य, इ-गभर्मेन्स, स्थानीय तहका चुनौतीहरू लगायका विषयमा अन्तरक्रिया गरिएको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङका अनुसार यी विषयमा भाइकाजी तिवारी, आमोदमणि दिक्षित, काशीराज दाहाल, चन्द्रकान्त ज्ञवाली, सुनिल रञ्जन सिंह लगायतले सहजिकरण गरे।
विभिन्न विषयका विषय विज्ञ र सम्बन्धित मन्त्रालयका अधिकारीले अभिमुखिकरण गरिरहेका छन्।
हिजो सुरु भएको अभिमुखिकरण कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा तीन नम्बर प्रदेशका २३० भन्दा बढी नवनिर्वाचित जनप्रतिनिधि सहभागी छन्।