एनआईसी एसिया बैंकले विश्व वातावरण दिवसको अवसरमा विभिन्न शाखा कार्यालयमार्फत वृक्षारोपण गरेको छ।
कुस्मा शाखाद्धारा जिल्ला प्रहरी कार्यालय पर्वत परिसर, अत्तरीया शाखाद्वारा कैलाली जिल्ला स्थित सैनिक आवासीय महाविद्यालयको बाल उद्यान र इलाम शाखाद्वारा इलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याइएको हो।
बैंकले चालु आवभित्र मुलुकभर ७ हजार विरुवा लगाउने अठोट लिएर अघि बढीरहेको छ।