बैंक तथा वित्तीय संस्थाहरुलाई संचालकको संख्या घटाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन २०७३ लागू भएसँगै राष्ट्र बैंकले सोअनुसारको औपचारिक निर्देशन दिएको हो।
साथै बैंक तथा वित्तीय संस्थाहरुलाई प्रवन्ध पत्र तथा नियमावलीमा भएको संचालकको संख्या सम्वन्धमा संशोधन गर्न भनेको छ। प्रत्येक बैंक तथा वित्तीय संस्थाले ७ देखि ९ जनासम्म संचालक राख्न पाउने व्यवस्था रहँदै आएकोमा बाफियामा ५ देखि ७ मा घटाइएको छ।
यस हिसावले प्रत्येक बैंक तथा वित्तीय संस्थाले औसत २ जना संचालक घटाउनुपर्ने भएको छ। बैंकहरुले साधारण सभा तथा विशेष साधारणसभा मार्फत प्रवन्ध पत्र तथा नियमावली संशोधन गरेर संख्या घटाउनुपर्ने भएको छ। ऐनअनुसार स्नातक तह उत्र्तिण गरी कम्तीमा ३ वर्षको अनुभव संगालेका व्यक्तिलाई संचालकमा योग्य मानिन्छ।