प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ८ सय ९५ रुपैयाँमा एफपिओ जारी गर्ने भएको छ।
धितोपत्र बोर्डबाट जारी नयाँ निर्देशिकाबमोजिम मूल्याङ्कनकर्ताबाट प्राप्त निर्देशनअनुसार अंकित मूल्य १ सयमा ७ सय ९५ रुपैयाँ प्रिमियम थप गरी एफपिओ जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
बजारमा आइतबार कारोबार बन्द हुँदा उसको सेयर मूल्य प्रतिकित्ता १६ सय ७० रुपैयाँ पुगेको छ।