महिन्द्रा टु व्हीलर्सको आधिकारिक वितरक अग्नी मोटो इन्क प्रालिले टेकुस्थित पचली भैरब मार्गमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ।
कम्पनीका निर्देशक अर्जुन शर्माले रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरे।
उक्त अवसरमा शर्माले ग्राहकको नजिक सेवा पुर्याउने लक्ष्यअनुरुप नयाँ सर्भिस सेन्टर संचालनमा ल्याइएको बताए।
टेकु, सानेपा लगायत विभिन्न क्षेत्रमा महिन्द्राको पहुँच विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले ग्राहकलाई महिन्द्रासँग जोड्न कम्पनी सक्रिय भइरहने विश्वास दिलाए।