नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि ओमोडा एन्ड जेइकोले शुक्रबार साेरुममा ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विशेष रूपमा लिगका लागि ल्याइएको एआई सञ्चालित रोबोट डगको नाम ‘चंखे’ सार्वजनिक गरिएको छ, जसको अर्थ ‘चतुर’ हो।
सो अवसरमा एनपिएल सिजन १ को म्यान अफ द टुर्नामेन्ट क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा–इ५ कार प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा मिडिया, इन्फ्लुएन्सर, अटो–प्रेमी र क्रिकेट समर्थकहरू सहभागी भई ट्रफी प्रदर्शन तथा रोबोट डग अनावरणको अनुभव गरेका थिए।
ओमोडा एन्ड जेइकोका अनुसार यस कार्यक्रमले युवाप्रेरणा, खेलकुदको विकास र नवप्रवर्तनमा कम्पनीले प्रतिबद्धता देखाएको छ।