सिजीको सहायक कम्पनीका रुपमा रहेको इ.ओ.एल.प्रालिले स्वस्थकर, सफा र सुरक्षित भान्सामा अर्को कदम चाल्दै विभिन्न दश प्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ। आरामदायक सुविधाजनक गुणस्तरीय घरायसी सामान र विद्युतीय कम्पनी, अत्यावश्क घरायसी सामाग्रीहरुको निर्माण तथा बजार व्यवस्थापनमा सिजीले नेतृत्व दायी भुमिका निर्वाह गर्दै आएको छ।
युरोपिन प्रविधि अनुरुप एलिका चिम्नी हुड बनाइएको छ। चिम्नी हुड हेर्दा नरम र चम्किलोका साथै आकर्षक र खियान लाग्ने स्टीलद्वारा निर्माण गरिएको छ । यी हुडमा टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडान गरिएको छ ।
१०१०—१२९० घनमिटर प्रति घण्टाका दरले धुवातान्न सक्ने भएकाले यसले सबै प्रकारका खाना पकाउँदा भान्सालाई धुवाँ रहित समेत बनाउँछ । चिम्नीमा प्रयोग गरिएको इटालियन शक्तिशाली मोटरका कारण यसले कमविद्युतमा धेरै धुवाँ तान्न सक्छ । केहीचिम्नीहरु टच कन्ट्रोल र केहीपुश कन्ट्रोल प्रविधिका छन् ।
वातावरण मैत्री चिम्नीहरुमा ४० वाट विद्युत खपत गर्ने ठाउँमा २ वाट विद्युत खपत गर्ने विद्युतीय ल्याम्प जडान भएको हुदाँ यसले करिब ९६ प्रतिशतविद्युत बचत गर्दछ । हुडमा जडान गरिएको शक्तिशाली इटालियन मोटरले कमआवाजदिनुका साथै यसको १५ वर्षको वारेन्टी समेत रहेको रहेको सिजीले जनाएको छ।
इडीएस (एलिका डीप साइलेन्स) प्रविधि अर्थात अन्य मोटरको तुलनामा ३० प्रतिशत कम आवाज आउने र ३६० डिग्री टोरनाडिक सक्सन (चुस्ने)क्षमता यी चिम्नीमा छ। चिम्नीहरु ६० देखि ९० सेमीसम्मको आकारमा २५ हजार ७ सय ८० रुपैयाँदेखि ५७ हजार ४ सय २० रुपैयाँ सम्ममा उपलब्ध छन् ।
त्यसैगरी, यस कम्पनीले विभिन्न प्रकारका कलात्मक‘कुक टप्स‘ हरु नेपाली बजारमा सार्वजनिक गरेको छ । भान्सामा निकै सुन्दर र आकर्षक देखिने कुक टप्स अत्यन्तै सघन आकारमा निर्माण गरिएको छ । नेपाली बजारमा उलपब्ध विभिन्न प्रकारका कुक टप्स र चुल्लाहरु प्रायःचाइनिजवा इटालियन स्टाइलका बर्नर राखी निर्माण गरिएका छन् ।
जसकाकारण आगोको ज्वालाकमहुने र यीनले बढी ग्यास खपतगर्ने हुन्छ । यी समस्याको समाधानका लागि एलिका कुक टप्स दुइ, तीन र चार भारतीय प्रकारका पित्तलबर्नहरुको प्रयोग गरेर निर्माण गरिएको छ, जसले उपभोक्तको खाना पकाउने तरिकाहरुको आवश्यतालाई पुर्ति गर्नेछ ।
कुक टप्सहरु विभिन्नप्रकार र बनावटमा उपलब्ध छन्, खिया नलाग्ने स्टिलले जलप लगाइएको, अन्तर्राष्ट्रिय बजारमा समेत सुहाउँदो माथिल्लो भागमा शिशा लगाइएको कुक टप्सहरु उपलब्ध छन् । एलिका ब्रान्डका कुक टप्सहरुका उपलब्ध प्रकारहरुलाई निर्माण भए अनुसार वा साधारण रुपमा (टु इनवान)आवश्यकताका आधारमा प्रयोग गर्न सकिन्छ, यो सुविधा मात्र एलिका ब्रान्डमा उपलब्ध छ ।
यी सामानहरु आकर्षक र लामो समय सम्म टिक्ने आइरन पान सपोर्ट गर्ने, चुलामाथिको शिशा सजिलै सफागर्न सकिने, कुनामा युरो जलपलगाइएकालाइन र प्रायचुलाहरु अटोमेटिक जल्ने, सानो र ठिक्कको आकारमा रहेको हुँदा बजारमा पाइने अन्य उत्पादन भन्दा यो उत्तम उत्पादन हो ।
इ.आे एल.ले फरक मुल्यकाविभिन्नप्रकार र विशेषताहरु भएका कुक टप्सहरु पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ ।
यी कुक टप्सहरुमा तामाधातुको बर्नर जडित रहेको छ भने एक वर्षको वारेन्टी समेत रहेको छ । उपभोक्ताहरुले आफू अनुकुलहुने गरी कुक टप्सहरु खरिदगर्न सक्नेछन । यी कुक टप्सहरुको बजार मूल्य रु. ९ हजार १ सय नब्बे देखि २९ हजार १ सय सत्तरी सम्म रहेको छ ।