नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। यसमा पनि काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर सहज हुनाले यसमा निर्भरता बढिरहेको छ।
नेपालमा महिन्द्रा, हिरो, टिभिएस, होण्डा, सुजुकी लगायतका कम्पनीहरुको स्कुटर बजारमा उपलब्ध छ। यी बाहेक अन्य कम्पनीका मोटरसाइकलहरु उपलब्ध भएपनि धेरैजसो ग्राहकहरुको रोजाइमा यीनै ब्राण्डका स्कुटर पर्छन्। यसको मुख्य कारण हो, यी कम्पनीका सस्ता र धेरै माइलेज दिने स्कुटरहरु।
यी कम्पनीहरुले दैनिक कामकाजी र मध्यम आय भएका ग्राहकहरुलाई लक्षित गर्दै कम मूल्य र धेरै माइलेज दिने मोटरसाइकलहरु बजारमा ल्याउँदै आएका छन्। तर धेरै माइलेज दिने मोटरसाइकलहरुको इन्जिन पावर पनि कम नै हुने कम्पनीहरु बताउँछन्।
कम पावर भएका कारण इन्धन खपत कम हुनाले यिनीहरुले धेरै माइलेज दिन्छन्। नेपालमा पाइने विभिन्न कम्पनीका धेरै माइलेज दिने मोटरसाइकलहरु यस्ता छन्।
टिभिएस जुपिटरइन्जिन – १०९.७ सिसि
पावर – ८ बिएचपी
टर्क – ८ एनएम
माइलेज– ६२ किलोमिटर प्रतिलिटर
होण्डा इक्टिभा
इन्जिन – १०९.२ सिसि
पावर – ८ बिएचपी
टर्क – ८.९४ एनएम
माइलेज– ६० किलोमिटर प्रतिलिटर
टिभिएस स्कुटी पेप प्लसइन्जिन – ८८ सिसि
पावर – ५ बिएचपी
माइलेज– ६५ किलोमिटर प्रतिलिटर
हिरो मोटोकर्प माइस्ट्रो एजइन्जिन – ११०.९ सिसि
पावर – ८ बिएचपी
टर्क – ८.७ एनएम
माइलेज– ६३.८ किलोमिटर प्रतिलिटर
टिभिएस विगोइन्जिन – ११० सिसि
पावर – ८ बिएचपी
टर्क – ८ एनएम
माइलेज– ६२ किलोमिटर प्रतिलिटर
महिन्द्रा गस्टोइन्जिन – १०९.६ सिसि
पावर – ८ बिएचपी
टर्क – ९ एनएम
माइलेज– ६३ किलोमिटर प्रतिलिटर
यमाहा रे जेडइन्जिन – ११३ सिसि
पावर – ७ बिएचपी
टर्क – ८.१ एनएम
माइलेज– ६६ किलोमिटर प्रतिलिटर
हिरो प्लेजरइन्जिन – १०२ सिसि
पावर – ६.९१ बिएचपी
टर्क – ८.१०एनएम
माइलेज– ५७ किलोमिटर प्रतिलिटर
सुजुकी लेट्सइन्जिन – ११२.८ सिसि
पावर – ८.४ बिएचपी
टर्क – ८.८ एनएम
माइलेज– ६४ किलोमिटर प्रतिलिटर
महिन्द्रा डुरो डिजेडइन्जिन – १२५ सिसि
पावर – ८ बिएचपी
टर्क – ९ एनएम
माइलेज– ५६.२५ किलोमिटर प्रतिलिटर