राजधानीस्थित महाराजगन्जमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको २९ औँ शाखा खुलेको छ। शाखाको नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बुडले उद्घाटन गरे।
सो अवसरमा उनले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरुले अध्ययनपश्चात स्वदेश फर्किएर नेपालको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई विश्वसनीय सेवाप्रदान गरेकोमा उनले धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा अभिभावकको तर्फबाट काठमाडौं क्षेत्र नम्वर तीनका प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले आफूले आफ्ना छोरालाई एक्पर्टबाट अष्ट्रेलिया पठाएको स्मरण गर्दै एक्सपर्टको सेवाबाट आफु सन्तुष्ट रहेको बताए।
त्यसैगरी अर्का अभिभावक शसस्त्र प्रहरीका अतिरित्त महानिरिक्षक षडानन्द चौधरीले एक्सपर्ट मार्फत छोरी पठाएको बताउँदै यसले शैक्षिक परामर्र्श क्षेत्रमाप्रदान गरेको सेवाप्रति आभार व्यक्त गरे।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले हालसम्म विश्वका विभिन्न मुलुकहरुमा २९ वटा शाखाहरु विस्तार गरिसकेको जनाएको छ।
सो अवसरमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका प्रवन्ध निर्देशक खेम सग्रौलाले अभिभावक र विद्यार्थीहरुको विश्वास र सहयोगका कारण नै उपत्यकामा अर्काे शाखा सञ्चालनगर्न लागिएको बताए।
कार्यक्रमकाअर्का बक्ता नेपाल शैक्षिकपरामर्श संघइक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले ग्लोवलाईजेसनको बर्तमान समयमा अरु मुलुकहरुमा गएर उच्च शिक्षा हासिल गर्नुलाई स्वभाविक लिनुपर्नेमा जोड दिए।