विमानस्थलमा एयर ट्राफिक नियन्त्रणको काम गर्ने (एटिसी)हरुले तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चलाउन नसकिने बताएका छन्।
एटिसीहरुको छाता संगठन नेपाल हवाई यातायात नियन्त्रक संघले पर्याप्त जनशक्तीको अभावमा विमानस्थल २१ घण्टा चलाउन नसकिने बताएको छ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलको चाप कम गर्ने भन्दै जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरिसकेका छन्।
मन्त्रीको योजना स्वागतयोग्य भएपनि पर्याप्त तयारी ठोस अध्ययन विना तत्काल हचुवाको भरमा २१ घण्टा चलाउँदा हवाई सुरक्षामै चुनौति थपिनसक्ने संघको चेतानवी छ।
एटिसीको आवस्यक दरबन्दीभन्दा कम कार्यरत रहेको र व्यवस्थापन र सहुलियतको व्यवस्था नरहेकोले तत्काल विमानस्थल संचालन समय बढाउनु असम्भव हुने संघको धारणा छ।
संघले अहिले ६६ जनामात्र रहेका एटिसीको संख्या ९० जना पु¥याउनुपर्ने र कार्य समय तालिका पनि परिवर्तन गर्नुपर्ने धारणा राखेको छ।
ओभर टाइमको आकर्षक सुविधा दिनुपर्ने लगायतका सुझाव संघले दिएको छ।
जनशक्तीसँगै अन्य धेरै व्यवस्थापनका काम गरेपछिमात्र समय बढाउनुपर्ने संघका अध्यक्ष उमेशकुमार पन्थीले जानकारी दिए।
‘पहिलो कुरा त जनशक्तीकै कमी छ त्यसमाथि उप्किरहने धावनमार्ग छ’ उनले भने,‘यस्तोमा विमाानस्थलजस्तो संवेदनशिल ठाउँमा विना तयारी यस्ता निर्णय गर्न हुँदैन।’