संसदको राज्यव्यवस्था समितिका सदस्यहरूले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको परिवारका सदस्यको नाम जोडिएको विषयमा चासो राखेका छन्।
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री, प्रधानमन्त्रीकी छोरीका साथै उच्च नेताको यसमा संलग्नता भएको दाबी सार्वजनिक भएको विषयमा समिति सदस्यहरूले चासो राखेका हुन्।
समिति सदस्यहरू अजय चौरसिया, इश्वरी न्यौपाने, चन्दा कार्की, राजेन्द्र राई लगायतले प्रश्न उठाएका छन्।
'प्रतिनिधिसभा सदस्यले नै खुल्लम खुला प्रधानमन्त्रीको छोरीको संलगता भएको बताउनु भएको छ,' समिति सदस्य चन्दा कार्कीले भनिन्, 'होइन भने किन हामीले खण्डन गर्न सकेका छैनौँ।'
समिति सदस्यहरूले छानबिन समिति आवश्यक नभएको अवस्थामा छानबिन समिति बनाइएकोमा शंकास्पद भएको बताएका छन्।
'यहाँ केही तथ्य नै खोज्नुपर्ने छैन, सिधै कारवाही गर्नु पर्नेछ किन कारवाही नगरेर छानबिन समिति खडा गरियो,' सिमिति सदस्य लिला श्रेष्ठले भनिन्।