नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) लिमिटेडको २४ औं वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धी र भावी योजनाबारे प्रस्ट पारे।
बिशेष गरी संस्थाले दिदैँ आएका कार्ड सेवा (एससिटी–युनियनपे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड आदि) मोबाइल बैंकिङ्ग सेवा, अन्तर बैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवामा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे।
वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू स्मार्ट क्युआर साउन्डबक्स र एससिटी हबका का बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रस्तुत गरे।
स्मार्ट क्युआर साउन्डबक्स कम्पनीको नवनितम सेवा हो। जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्युआर साउन्डबक्स मार्फत सुन्न सक्नेछन्।
यसलाई मर्चेन्टहरूले आफ्नो वाइफाई सँग लिङ्क गरेर वा यसमै मै आफ्नो सिम कार्ड राखेर नेटवर्क सँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू यसै मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्।
एससिटीले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्युवार साउन्डबक्स मार्फत जानकारी हुन्छ।
साथै एससिटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो।
जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन्।