राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नियामक निकायलाई निकम्मा बनाएर एनसेल प्रकरणमा बनाइएको छानबिन समितिमाथि आपत्ति जनाएका छन्।
राज्य व्यवस्थाको समितिमा उनले एनसेल प्रकरणमा धेरै काम नियामक निकायले गर्न सक्ने भए पनि छानबिन समिति बनाइएको बताए। उनले छानबिन समितिका संयोजक माथि पनि प्रश्न उठेको बताए।
गल्ती गर्नेलाई कारवाहीमा ल्याउनको साटो छानबिन समिति बनाइएको उनको भनाइ छ। उनले कानुनी छिद्रको प्रयोग गरेको भन्दै यसलाई सुधार गर्नुपर्ने समेत बताए।