संसदको सार्वजनिक लेखा समितिका सदस्यहरू अर्जुननरसिंह केसी र योगेश भट्टराईले एनसेलको सेयर सरकारले किन्नु पर्ने बताएका छन्।
एनसेल सेयर खरिद बिक्रीका सवालमा बुधबार लेखा समितिमा भएको छलफलमा उनीहरूले औसत कम मूल्यमा सेयर बिक्री भएको भन्दै सरकाले किन्नु पर्ने बताए।
'नेपाल सरकारले अनुमति दिएको हो, सरकारले अनुमति दिएको कारण किन्ने पहिलो दायित्व पनि सरकारसँग छ, यदी ६ अर्बमा नै दिने हो भने सरकारले किन्नु पर्छ,' भट्टराईले भने।
सांसद केसीले पनि यो विचार उपयुक्त भएको बताए।
'यति धेरै कम रकममा बिक्री भएको एनसेल सरकारले किन्न सक्छ त्यही मूल्यमा हो भने सरकारले किने हुन्छ,' उनले भने।
त्यस्तै समिति सदस्यहरू सदस्य हरि ढकाल, राजेन्द्र लिङ्देन लगायतले एनसेलको यो कारोबार तत्काल रोक्नु पर्ने धारणा राखेका छन्।