एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ।
बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरूमध्ये मंगलबार तीन जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौँडामा स्कुटर हस्तान्तरण गरिएको हो।
विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रमका माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन्।
त्यस्तै, मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन्।
त्यसैगरी एनसेल सेन्टर हेटौँडामा एनसेलका प्रोडक्ट डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन्।
यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चालान गरिएका पहलहरू मध्ये एक हो।
भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार जना ग्राहकहरूलाई हरेक हप्ता एक सय बोनस ब्यालेन्स प्रदान गरिएको थियो।
यस योजना अन्तर्गत दैनिक रूपमा ग्राहकहरूलाई प्रदान गरिएको स्योर प्राइजहरूमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरू रहेका थिए।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नाराहरू प्राप्त गरेको थियो।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरूको मूल्यांकन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए। यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो।
बाँकी रहेका ४ जना विजेताहरूले बम्पर प्राइज कात्तिक २२ र २३ गते प्राप्त गर्नेछन्।
एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको छ।
यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरूसँग अन्तर्क्रिया गर्नुका साथै मंगलबार १०० रूपैयाँभन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूलाई एनसेलका विभिन्न उपहारहरू प्रदान गरेकी थिइन्।