डिशहोमकाे 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गत ७१९०७५३८८८९ कास आइडीका ग्राहक परशुराम तिमिलाले एक लाख रूपैयाँ जितेका छन्।
सोमबार भएको लक्की ड्र मार्फत तिमिलाले एक लाख रूपैयाँ जितेका हुन्।
नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो।
यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत् एक लाख रूपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद दश लाख रूपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्।
यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।
सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ ५ बजे प्रसारण हुने कम्पनीको भनाइ छ।