चाइना मोबाइल कम्युनिकेसन कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र हुवावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटिटिआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन्।
हुवावे एफटिटिआर–बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा–गिगाबिट प्रिमियम वाइफाई सेवाहरू प्रदान गर्नेछ।
चाइना मोबाइलले ह्वावेसँग एफटिटिआर– बी नेटवर्क विस्तारमा सहकार्य गर्दै
समुन्द्री सतहबाट ५ हजार २०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेशन ब्यूरोमा लग्नुपर्छ।
कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो। हाई–स्पिड एफटिटिआर–बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ।
जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाइफाई सेवाहरूको आनन्द लिन सक्नेछन्।
यसका अतिरिक्त, एफटिटिआर–बी को स्थापना समुद्री सतहबाट ४ हजार २०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखिएकोे छ।
विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक–इन प्रणालीमा सुस्तता समय–समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरूको इन्टरनेटको पहुँचमा असर गरेको थियो।
एफटिटिआर–बी स्थापनापछि होटलका ३०० पाहुनारूले एकै समयमा उच्च–गतिको इन्टरनेटमा पहुँच पाउनेछन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्नसक्ने भएका छन्।
हुवावे एफटिटिआर– बी उपकरण
एफएटिटि– बी चीनमा साना र मध्यम आकारका उद्यमहरू (एसएमइएस) को लागि अल्ट्रा–गिगाबिट सबै–अप्टिकल नेटवर्किङ प्रदान गर्न चाइना मोबाइल र ह्वावेद्वारा संयुक्त रूपमा सुरू गरिएको हो।
यो प्रविधि व्यापक रूपमा होटल र पसलहरूमा प्रयोग गरिने गरेको छ। हुवावे एफटिटिआर–बी डिभाइसहरूमा लचिलो ट्रिपल–मोड एन्टेनाहरू छन् र भित्री क्षेत्रहरूमा पूर्ण वाइफाई कभरेज प्रदान गर्न छत वा भित्ताहरूमा सजिलै स्थापना गर्न सकिन्छ जसले प्रयोगकर्ताहरूलाई सबै ठाउँमा प्रिमियम नेटवर्क अनुभवको आनन्द दिलाउँछ।
यस प्रविधिले सिग्नलहरू प्रसारण गर्न र एकै समयमा उपकरणहरूमा पावर आपूर्ति गर्न कठिन शक्ति अधिग्रहणको समस्याहरू समाधान गर्न पावर ओभर फाइबर (पिओएफ) केबलहरू प्रयोग गर्दछ।
थप रूपमा डब्ल्युइइफटिटिआर एपले व्यवस्थापन कार्यालय र होटलहरूमा आइटी कर्मचारीहरूको लागि नेटवर्क टोपोलोजी व्यवस्थापन, एक–क्लिक नेटवर्क अप्टिमाइजेसन, र सेल्फ–सर्भिस नेटवर्क कन्फिगरेसन जस्ता कार्यहरू प्रदान गर्दछ भने अप्रेशन र मेन्टेनेन्स (ओएनयम) कार्यभार समेत घटाउँछ।
चाइना मोबाइलका अप्रेशन र मेन्टेनेन्स इन्जिनियरहरूले यस एपको प्रयोग गरेर अप्रेशन र मेन्टेनेन्स दक्षता सुधार गर्दै नेटवर्क समस्याहरू पत्ता लगाएर समस्या समाधान गर्न सक्छन्।
२०२४ मा चाइना मोबाइलले आरोही आधार शिविरमा एफटिटिआर–बी समाधान विस्तार गर्न हुवावेसँग काम गर्नेछ। यसले पर्वतारोहीहरू विश्वको उच्च ठाउँमा जाने क्रममा गिगाबिट नेटवर्कको आनन्द लिन सक्नेछन्।
एक अग्रणी विश्वव्यापी आइसीटी पूर्वाधार प्रदायकको रूपमा हुवावेले चाइना मोबाइल जस्ता अपरेटरहरूसँग व्यापक सहकार्य गरेको छ र धेरै साना र मध्यम आकारका उद्यमहरूलाई एफटिटिआर–बी जस्ता नवीन समाधानहरू मार्फत डिजिटल रूपान्तरण गर्न मद्दत गरेको छ।
भविष्यमा हुवावेले नवीन प्रविधिहरू प्रयोग गरेर गिगाबिट अप्टिकल नेटवर्कहरू निर्माण गर्न चाइना मोबाइलसँगको सहकार्य गर्न जारी राख्ने बताएको छ।