सामसङले क्रिस्टल युएचडी टिभी र क्युएलइडी टिभी सेटहरूको नयाँ लाइन–अप, २०२३ सि–सिरिज टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
दसैं–तिहार लक्षित गरी सामसङ २०२३ टिभी सिरिज नेपाली बजारमा सार्वजनिक गरिएको हो। यो नयाँ लाइन–अपको टिभीहरू ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
नयाँ २०२३ क्रिस्टल युएचडी टिभी र क्युएलइडी टिभीमा सामसङको फ्ल्यागसीप फिचरहरू रहेको कम्पनीको भनाइ छ।
सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा रहेको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नका लागि आइओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ।
यसैसँगै सि–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरू पुनर्नवीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगका पनि प्रगोग गरिएको छ। यसका साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका २०२३ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ।
यी सिरेजमा कनेक्टेड एक्सपिरियन्स ग्राहकका घरमा ल्याउन सक्षम हुने सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोक कुमार गुप्ताले बताए।
कम्पनीका अनुसार नयाँ २०२३ लाइन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। हाइ डाइनामिक रेन्जबाट सम्भव भएको प्रकाश स्तरहरूको परिष्कृत दायराको साथ, प्रयोगकर्ताहरूले रङहरूको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यहरूको सानो सानो विवरणहरू पनि देख्न सकिने कम्पनीको भनाइ छ ।
ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउन्ड मार्फत सिर्जना गरिएको थ्रिडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिहरूलाई यथार्थपरक अनुभूति गराउने कम्पनीले बताएको छ।
यसका विशेषताहरूः
प्रिमियम डिजाइन
घरको कुनै पनि ठाउँमा फिट गर्न सकिने गरी डिजाइन गरिएको छ। नयाँ २०२३ क्रिस्टल युएचडी टिभी र क्यूएलईडी टिभीको डिजाइन उत्कृष्ट भएको र घरमा भएको कुनै पनि प्रकारको पर्खाल र सजावटको सौन्दर्यमा समायोजन गर्न सकिन्छ। जसबाट यसको एयरस्लिम डिजाइनको कारणले जता पनि घुलमिल्छ। यसको एडजस्ट गर्न मिल्ने हाइटले गर्दा यो कुनै पनि कोठा र कुनै पनि ठाउँका लागि फिट हुन्छ।
स्लिम सोलार पावर्ड रिमोट
एक पूर्ण ब्याट्री–रहित रिमोट कन्ट्रोल जसलाई कोठाको बत्तीहरू र वाइफाइ राउटरहरूबाट उत्सर्जित अतिरिक्त ऊर्जा मार्फत चार्ज गर्न सकिने स्लिम सोलार पावर्ड रिमोट मिनिमलिस्टिक कुञ्जीहरू र बिल्ट–इन माइक्रोफोनको साथ आउँछ।
१०० प्रतिशत करल भोल्युम
२०२३ टिभीहरूले एक बिलियन ट्रु कलर्सको चमक देखाउँदछ, जसले समृद्ध र जीवन्त रङहरूको अरबौं सेडहरू, र यसको प्रोसेसर जसले लो–रिजोल्युसन तस्विरहरूलाई उच्च फोके डिस्प्लेमा अपस्केल गर्दछ।
भिडिइद्वारा प्रमाणित, प्रयोगकर्ताहरूले रङ्गको रेन्ज र पिक ब्राइटनेसको सुधारिएको दायराको आनन्दको साथ पहिले भन्दा धेरै विस्तृत विवरणहरूमा आफ्ना मनपर्ने कन्टेन्टहरूको आनन्द लिन सक्छन्। जसले स्क्रिनलाई जतिसुकै चम्किलो रूपमा उज्यालो वा अँध्यारो भए तापनि धेरै फरक रङहरू वास्तविकतामा ल्याउन सक्छ ।
थ्रिडी साउण्ड
ओब्जेक्त ट्र्याकिङ साउन्ड लाइटले दुई भर्चुअल टप स्पिकरहरूको प्रयोग गरी घरको आरामबाट सिनेमेटिक थ्रिडी साउण्डको मजा लिन दिन्छ। ओटियस लाइटले स्क्रिनमा भएका तत्वहरूको चालहरू ट्र्याक गर्छ र त्यो तत्वको स्थानसँग मेल खाने ध्वनि उत्पादन गरी गतिशील थ्रीडी–जस्तो ध्वनि अनुभव सिर्जना गर्दछ।
बिल्ट–इन एआई भोइस असिस्टेन्ट
बिक्सबी, एक बिल्ट–इन एआई भ्वाइस असिस्टेन्टले कन्टेन्टको सहज आनन्द दिन्छ। बोलेरै कनेक्टेड डिभाइस प्रयोग गरी आफूले चाहेको कन्टेन्ट फेला पार्न सकिन्छ।
कति पर्छ मूल्य ?
नयाँ क्रिष्टल युएचडी सियु७७००, सियु८०००, क्युएलइडी टिभीएस क्यू६०सी श्रृंखलाहरू २०२३ सी–सिरिजको यो दसैं र तिहार विशेष अफरमा उपलब्ध छन्।
यस अफर मार्फत सामसङ टिभीहरूमा ४१ प्रतिशतसम्म छुट र सन् २०२३ को अन्त्यसम्म यस अफर अवधिमा खरिद गरेको हरेक टिभीमा ३ वर्षको वारेन्टी लिन सकिने कम्पनीको भनाइ छ।
चाडपर्व अफरमा नयाँ सि–सिरिजको मूल्य विशेष ७२ हजार १५९ रुपैयाँबाट सुरू हुने कम्पनीले बताएको छ।