हुवावे कनेक्ट २०२३ सँगै हुवावेको एभिएसन र रेल बियुले तीनवटा विश्वव्यापी शिखर सम्मेलनहरू सम्पन्न गरको छ।
हुवावेले उद्योगका ग्राहक, नेतृत्वकर्ता, प्राविधिक विशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागि आफ्ना उत्कृष्ट अभ्यासहरू छलफल गरेको हो।
अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर हुवावेले विभिन्न प्रकारका उद्योग परिदृश्यहरूमा बहु–आयामी सचेतना, सर्वव्यापी जडान र खुला प्लेटफर्महरूमार्फत् उड्डयन र रेल क्षेत्रलाई थप विकास गरेको बताएको छ।
हुवावेको उद्योग इन्टेलिजेन्स एक व्यवस्थित प्रयास हो। चाइना वेस्ट एयरपोर्ट समूह (सिडब्लुएजी) ले संयुक्त रूपमा व्यापक बौद्धिक रूपान्तरण रणनीति विकास गर्न हुवावेलाई छनोट गरेको छ।
सिडब्लुएजिका डेपुटी जनरल म्यानेजर लिनबिनकाअनुसार उनको कम्पनीले ह्वावेको उच्च प्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगका लागि उन्नत एल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधान गरेको छ।