एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा 'पर्पल किकअफ' मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ।
यस अन्तर्गत शनिबार र आइतबार गरी चार खेलहरू भएका थिए।
कम्पनीले ब्रान्ड बाचा 'आज, भोलि, सधैं सँगै' अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरू आयोजना गरिएको बताएको छ।
एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।
पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरू, भेटरान फुटबल खेलाडीहरू, युवा उद्यमीहरू, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरूको सहभागिताले यस कार्यक्रमलाई विषेश बनाएको थियो।
गत शनिबार (असोज ६)को पहिलो मैत्रिपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो। एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए।
यो खेलमा एनसेलले १—० को अन्तरले जित हासिल गरेको थियो। एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए।
त्यसैगरी, शनिबार भएको अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबिच भएको थियो।
दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरूको सहभागिता रहेको थियो। कलाकारहरूमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्री, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए।
अनिल गुरुङको टिमले ५—४ को अन्तरले खेल जितेको थियो।
त्यस्तै, आइतबार सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो। लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४—१ को अन्तरालले जित हाँसिल गरेको थियो।
त्यस्तै, आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सिबीच भएको थियो। कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४—३ गोलको अन्तरालले खेल जितेको थियो।
‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरूको पनि आयोजना गरिनेछन्।
त्यस्ता कार्यक्रमहरूमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकहरूसँग अन्तर्क्रिया गर्न सेलिब्रेटीहरूको एनसेल सेन्टरहरूमा भ्रमणलगायत रहेका छन्।