एनसेल आजियाटाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा 'बजार जाऔं' (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ।
यस कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीहरू लगायत अन्य कर्मचारीहरू देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताहरूका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेताहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।
'बजार जाऔं' ग्राहकहरूका गुनासो, सल्लाह र सुझावहरू व्यक्तिगत रूपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरूप आयोजना गरिएको कार्यक्रम हो।
कम्पनीको ब्रान्ड बाचा 'आज, भोलि, सधै सँगै' अन्तर्गत रही वार्षिकोत्सवको थिम 'हामी तपाईंकै लागि' अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो।
एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।
नेपाली आम उपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरूका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरूले आइतबार एनसेल सेन्टरहरू र खुद्रा विक्रेताका पसलहरूमा भ्रमण गरेका थिए।
भ्रमणका दौरान ग्राहकहरूसँग अन्तर्क्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिइएका थिए।
'ग्राहकप्रतिको हाम्रो प्रतिबद्धताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्दछ। ग्राहक भनेको 'किङ अफ मार्केट' हुन् भन्ने हामीले बुझेका छौ र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासोहरू केही भए त्यस बारे बुझ्न र उहाँहरूको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ।' एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।
उनले थपे 'बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँ बजारका आवश्यकताहरू बुझ्न र द्रुत रूपमा त्यस्ता आवश्यकताहरू परिपूर्ति गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ। त्यसैले हामी सबैले वार्षिकोत्सव मनाउँदै बजार केन्द्रित बन्ने अभियानमा सहभागी भयौं।'
बजार भ्रमणमा प्रमुख कार्यकारी अधिकृत जाब्बोर, कम्पनीका उच्चपदस्त अधिकारीहरू र अन्य सबै कर्मचारीहरूले आ–आफ्नो तोकिएका क्षेत्रहरू गरी देशैभरका सबै एनसेल सेन्टरहरू र ५०० भन्दा बढी खुद्रा बिक्रेताहरूका पसलमा पुगेका थिए।
साथै ग्राहकहरूले र बिक्रेताहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरी मायाको चिनो समेत वितरण गरेका थिए।