नेपाली युवाहरुले एनिडन नामक सफ्टवेयर सार्वजनिक गरेका छन्। जुम, स्ल्याक र माइक्रोसफ्ट टिमको फिचर समावेश भएको सफ्टवेयर एनिडन सार्वजनिक भएको हो।
अमेरिकामा बस्दै आएका नेपाली दीपक मल्ल र अशोक कुमार पन्तसहितको टिमले यो सफ्टवेयर सार्वजनिक गरेका हुन्। एनिडन क्लाउडमा आधारित प्लेटफर्म हो, जसले कुनै कम्पनीलाई टिम सहकार्य गराउन, टास्क व्यवस्थापन गर्न र कामलाई स्वचालित बनाउन सघाउने मल्लले बताए।
नेपालमा पनि कार्यालय संचालन गरेर काम सुरू गरिसकेको उनको भनाइ छ। मानिसका कामलाई सहज बनाउनका लागि एनिडन उपयुक्त हुने कम्पनीकी मार्केटिङ मेनेजर लक्ष्मी थापाले बताइन् ।
यसमा रहेका सब्जेक्ट, को(कनेक्ट, मिट असिस्ट, को) भास, रिफाइनमेन्ट, एआई बट्स, स्क्रिन रेकर्डिङ, अटो असाइन तथा एक्स्टर्नल टिम्स जस्ता फिचरले प्रयोगकर्ताको टास्क सहज र स्वचालित बनाउने थापाको भनाइ छ।
प्रयोगकर्ताले छट्टाछुट्टै समूह बनाउन मिल्ने र त्यही प्रोजेक्टका लागि उपयुक्त कर्मचारीलाई टास्क असाइन गर्न सकिने उनले बताइन्।
यसमा विशेषगरी फाइल सेयर गरेर, भिडिओ तथा अडियो कल गरेर वा च्याट गरेर आफ्ना कुराहरू राख्न सकिने थापाले जानकारी दिइन्।
एनिडनमा केही स्वचालित एआई फिचरहरू पनि समावेश गरेको छ। यसको सहायताले प्रयोगकर्ताले आफ्ना विभिन्न काम स्वचालित रूपमा अगाडि बढाउन सक्ने थापाले बताइन्। जुनसुकै संस्थाका लागि पनि एनिडन उपयोगी हुने उनको भनाइ छ।