जावलाखेल ग्रुपका प्रबन्धक राजबहादुर साह यस वर्ष सर्वाधिक व्यक्तिगत आयकर तिर्ने व्यक्ति बनेका छन्।
गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिरेको आधारमा आज उनलाई सरकारले सम्मान समेत गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा पनि उनले सबैभन्दा बढी व्यक्तिगत आयकर बुझाएर सम्मानित भएका थिए।
यसअघि उनका बुवा विजयबहादुर साह तीन पटक सबैभन्दा बढी आयकर तिरेको व्यक्तिको रुपमा सम्मानित भएका थिए। उनकी दिदीले पनि एक पटक सबैभन्दा बढी आयकर तिरेको आधारमा सम्मान पाएकी छन्।
पछिल्लो १४ वर्षमा साह परिवारका सदस्य ७ पटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिरेको छ। तर जावलाखेल ग्रुपका प्रवन्धक साहले असन्तोष व्यक्त गरे।
समग्रमा उद्योग क्षेत्रको अवस्थामा र अर्थतन्त्रको अवस्थाले खुसी हुने अवस्था नरहेको बताए।
वार्षिक हजार नयाँ उद्योग खुल्नुपर्नेमा वार्षिक हजार भन्दा धेरै उद्योग बन्द भएको पनि उनले बताए।
यसले आगामी दिनमा आर्थिक अवस्था के हुने हो भन्ने चिन्ता भएको उनको प्रतिक्रिया छ।
'हाम्रो परिवारले सातौं पटक यो सम्मान पाएका छौं, आर्थिक अवस्था के हुने हो?, अहिले अवस्था राम्रो छैन,' उनले भने।