निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्नेगरी कार्यक्रम प्रकाशन गरेको छ।
आइतबार आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्तिमार्फत निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन्।
फागुन २१ गते हुने पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ।
मनोनयन दर्ता भएपछि ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम छ। त्यसपछि दिउँसो ३ बजेदेखि भोलिपल्ट बेलुकी ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी बेलुकी ७ बजेसम्ममा नामावली प्रकाशन गर्ने भनिएको छ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्ति नामावली प्रकाशन गरिनेछ।
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गर्ने कार्यक्रम छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ मंसिर २० गतेदेखि सञ्चालन हुनेछ। मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेस्म सानुपातिक निर्वाचना भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्ने कार्यतालिका छ।
मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने तालिका छ।
पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेस्म राजनीतिक दलहरूले बन्दसूची पेश गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ।